
काठमाडौैं, ९ भदौ । उज्बेकिस्तानको तास्कन्द क्षेत्रमा दुइ दिन अंगुर र वाइनमेकिंगको अन्तर्राष्ट्रिय महोत्सव आयोजना भएको छ । यो महोत्सवले उज्बेकिस्तानको अंगुर खेती र वाइनमेकिंगको सम्भावनालाई प्रदर्शन गर्ने, विदेशमा इको–पर्यटन उत्पादनहरूको प्रवद्र्धन गर्ने र विदेशी लगानीलाई प्रोत्साहन गर्ने मञ्चको रूपमा काम गरेको छ ।
महोत्सव वीच आयोजित अन्तरक्रिया कार्यक्रममा विज्ञहरुले आफ्ना अनुभव र ज्ञान साझेदारी गरे भने आगन्तुकहरूले कृषि मेला, वाइन उद्योग प्रदर्शनी र अंगुर खेतीसम्बन्धी सम्मेलनहरूको आनन्द लिए ।
कार्यक्रममा प्रदर्शनीहरू, प्रतियोगिताहरू र विविध सांस्कृतिक प्रस्तुतिहरू देखाइएको थियो, जसले ब्यबसायी र शौकिन दुवैका लागि एक जीवन्त वातावरण सिर्जना गरेको थियो ।
यो महोत्सवले उज्बेकिस्तानको कृषि र पर्यटन क्षेत्रको सम्भावनालाई विश्वमाझ चिनाउने महत्वपुर्ण अवसर प्रदान गरेको छ ।








प्रतिक्रिया