
–दीपकराज गिरी
काठमाडौंमा सम्पन्न नाडा अटो शो २०२५ यसपटक निकै सकारात्मक ऊर्जा र उत्साहका साथ सम्पन्न भएको छ । गाडी तथा प्रविधिप्रेमी, व्यवसायी र वास्तविक ग्राहकहरूको सहभागिताले यो अटो शो विशेष बनाएको छ ।
यस वर्षका केही उल्लेखनीय पक्ष यसप्रकार छन्:
१. इसुजु २०२५ बीएस–६ मोडल सार्वजनिक
नाडा अटो शोमार्फत इसुजुले आफ्ना बीएस–६ मोडलहरूको बुकिङ खुला गर्यो ।
• एस–क्याब प्रेस्टिज : ५१.९० लाख रुपैयाँ
• हाइल्यान्डर : ६९.९० लाख रुपैयाँ
• भी–क्रस : ८२.९० लाख रुपैयाँ

यी मोडलहरूमा व्यावहारिकता, पिकअपको प्रदर्शन र एसयूभी जस्तै इन्टेरियरसहित अफ–रोड क्षमता जोडिएको देखियो ।
२. वास्तविक ग्राहकहरूको रोजाइ
यस अटो शोमा देखिएको एउटा रोचक पक्ष भनेको वास्तविक क्रेताहरूले ‘सयौँ फिचर र चमकदमक’ भन्दा पनि प्रदर्शन, टिकाउपन र व्यावहारिक पिकअप रोज्नु हो ।

३. वास्तविक बुकिङले दिएको सन्देश
छुट र अस्थायी प्रलोभनको भीडबीच पनि, वास्तविक क्रेताले पर्याप्त संख्यामा बुकिङ गरेका छन् । यसले बजारमा गुणस्तरप्रति बढ्दो विश्वासको संकेत गर्छ ।
४. स्काइवर्थ ईभी बस : नेपालमै उपयुक्त समाधान
यस वर्ष स्काइवर्थ ईभी बसलाई नेपालका भौगोलिक अवस्था अनुरूपकै सबैभन्दा व्यावहारिक र विशिष्ट विद्युतीय बसका रूपमा स्थापित गर्न सफल भएको देखियो ।

५. चार सिटले किस्ता तिर्ने सवारी
यस वर्ष हामीले स्काइवर्थलाई “चार सिटले किस्ता तिर्ने सवारी” भनेर पोजिसनिङ गर्यौं। यसको अर्थ, सामान्य यात्रु वा दैनिक आवागमन गर्ने सवारीमार्फत पनि सजिलै किस्ता तिर्न सकिने, व्यावहारिक र टिकाउ विद्युतीय सवारी हो भन्ने सन्देश हो।
६. गुणस्तरीय निर्माणले दिएको विश्वसनीयता
देखावटी रूपमा एउटै जस्ता देखिने सस्तो ईभी भ्यानहरूमाथि ग्राहकहरूले शंका गरे । बरु स्काइवर्थ ईभी बस र भ्यानको कडा र गुणस्तरीय निर्माणप्रति उनीहरू विश्वस्त बने ।

७. उद्यमशीलता र बैंकिङ समाधानप्रति आकर्षण
अर्का प्रदर्शकहरूले ‘उधारो’ वा ‘१० लाख छुट’ भन्ने नारामात्र प्रस्तुत गर्दा, यसपटक प्रदर्शकहरूले गुणस्तरीय उत्पादन र उद्यमशील समाधान प्रस्तुत गरे । ‘तिर्न त पर्छ नि, बरु राम्रो बैंकिङ समाधान रोजौँ’ भन्ने अवधारणाप्रति ग्राहकहरू बढी आकर्षित भए ।
निष्कर्ष
नाडा अटो शो २०२५ ले केवल नयाँ गाडी प्रदर्शन मात्र गरेन, यसले व्यावहारिक सोच, गुणस्तरीय प्रविधि र उद्यमशील समाधानलाई बजारमा स्थापित गर्यो । यसले नेपालको अटो उद्योगमा नयाँ ऊर्जा र दिशानिर्देश दिने स्पष्ट संकेत दिएको छ ।












प्रतिक्रिया