२९ असार २०८३, सोमबार

वासिङ्टन डीसीमा गस्ती गर्न नेसनल गार्डलाई ट्रम्पको आदेश

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ९ भदौ । अपराध दर बढ्दै गएको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजधानी वासिङ्टन डीसीमा नेसनल गार्डलाई गस्ती गर्न आदेश दिएका छन् । अपराधको वृद्धि, विशेष गरी गोली प्रहार र हिंसात्मक घटना बढेको भन्दै ट्रम्पले नेसनल गार्ड परिचालन गरेका हुन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले डीसीमा हतियारसहितका सुरक्षाकर्मी परिचालन भएको देखिएको बताएका छन् । अधिकारीहरुका अनुसार कोरोना महामारीपछि बेरोजगारी र सामाजिक असमानताको कारण अपराध दरमा वृद्धि भएको छ । न्यूयोर्क, शिकागो र बाल्टिमोर जस्ता शहरहरूमा हिंसा र लुटपाटका घटना बढेका छन् ।

बाल्टिमोरमा हत्या दर २०२३ मा २४ प्रतिशत घटे पनि, हिंसात्मक अपराध अझै उच्च रहेको समाचार एजेन्सी एपीले जनाएको छ । राष्ट्रपति ट्रम्पका अनुसार, नेशनल गार्डको परिचालनले घीय सुरक्षाको गम्भीर आवश्यकता पूरा गर्ने छ । उनले बाल्टिमोर, शिकागो र न्यूयोर्कमा पनि नेशनल गार्ड परिचालन विस्तार गर्ने योजना बनाएका छन् ।

ट्रम्पको यो कदमले स्थानीय नेतृत्व र नागरिक अधिकार समूहबाट विरोध शुरु भएको छ । अधिकारकर्मीहरुले यो कदम जातीय भेदभावको प्रयास र नागरिक अधिकारको उल्लंघन भएको बताएका छन् ।