
काठमाडौँ, ९ भदौ । पर्साको वीरगञ्जमा हैजा नियन्त्रण चुनौतीपूर्ण बनेकोे छ । हैजाको लक्षण देखिएका २५४ मध्ये ७१ जनामा संक्रमण पुष्टि भएको छ ।
केहीको नमुना संकलन गरी पठाएकाले रिपोर्ट आउन बाँकी छ । १२४ जना डिस्चार्ज भइसकेको वीरगञ्ज महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राजुप्रसाद साहले जानकारी दिए । वीरगञ्जका अस्पतालहरूमा बिरामीको चाप निरन्तर बढ्दो छ ।
खासगरी नारायणी अस्पताल, तराई हस्पिटल, नेसनल मेडिकल कलेज, वीरगञ्ज हेल्थ केयर लगायतका अस्पतालमा सामान्य अवस्थाभन्दा धेरै बिरामी भर्ना भइरहेका छन् । बिरामीको चाप बढ्न थालेपछि नारायणी अस्पतालले चिकित्सक र कर्मचारीहरुलाई बिदा नबस्न उर्दी जारी गरेको छ । बिदामा रहेका चिकिसकहरुलाई समेत तुरन्त हाजिर हुन निर्देशन दिएको छ । यस्तै, हैजाको फैलावट रोक्न स्थानीय तहदेखि केन्द्र सरकारसम्मको समन्वयमा प्रयास भइरहेको छ ।
महानगरका स्वास्थ्य शाखा प्रमुख साहका अनुसार जनचेतना फैलाउन स्वास्थ्यकर्मी सहितको १३० जनाको टोली गाउँ–टोलमा परिचालन गरिएको छ । उनीहरुले सरसफाई अभियानसहित खाद्य पदार्थको निरीक्षण र स्वच्छता परीक्षणमा काम गरिरहेका छन् ।
यस्तै हैजाको फैलावट रोक्न महानगरपालिकाले सोमबार र मंगलबार महानगर क्षेत्र भित्रका विद्यालय तथा कजेजमा बिदा घोषणा गरेको छ । यसबाहेक स्वास्थ्य मन्त्रालयले पठाएको स्वास्थयकर्मीको टोलिले पनि काम शुुरु गरिसकेको छ । आइतबार अस्पतालमा अनुगमन गरेको टोली आजेदेखि गाउँ पस्ने साहले बताए ।
हैजा प्रभावित क्षेत्रको पानीको नमुना संकलन गरि काठमाडौं पठाइसके पनि अँझै रिपोर्ट आइसकेको छैन ।













प्रतिक्रिया