१२ असार २०८३, शुक्रबार

नाडा अटो शोमा ४ हजारभन्दा बढी सवारीसाधन बुकिङ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ भदौ । १७औं संस्करणको नाडा अटो शो आइतबार समापन भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भदौ ३ देखि ८ गतेसम्म भृकुटीमडपमा आयोजना गरेको शोमा चार हजारभन्दा बढी सवारीसाधन बुकिङ भएको हो ।

विभिन्न ब्रान्डका चारपांग्रे र दुईपांग्रे गरी चार हजार दुई सय हाराहारीमा सवारीसाधन बुकिङ भएको हो । यो नाइमा अटो शोको तीन हजार तीन सयको तुलनामा उल्लेखनीय वृद्धि हो । यसले नेपाली उपभोक्ताहरूमा नयाँ सवारीसाधनप्रतिको बढ्दो आकर्षण र बजारमा सकारात्मक वातावरणको संकेत गरेको छ ।

नाडा अटो शोमा सबैभन्दा धेरै बीवाइडीको बुकिङ भएको छ । बीवाइडीले नाइमाको भन्दा नाडामा धेरै बुकिङ लिएको कम्पनीले जनाएको छ । कम्पनीले नाडा अटो शोमा बीवाइडी एटो २ लन्च गरेको थियो । स्टलमा भने सिगल अर्थात् एटो १, एटो २ र सिलायोन राखेको थियो । त्यसमा सबैभन्दा धेरै एटो २ बुकिङ भएको छ ।

यस्तै, एमएडब्लु वृद्धिले यो पटक गत वर्षको भन्दा ३० प्रतिशत धेरै बुकिङ गरेको जनाएको छ । कम्पनीले यो पटक डिपल एस०५, एस०७ एसिए, लुमिन, अवतार ११, नामी ०६ र नामी बक्स, फोटोन ई टुल्यान्ड र फोटोनको माइक्रो पनि राखेको थियो ।

यस्तै, टाटाले पनि नेपालभरबाट राम्रो संख्यामा बुकिङ लिएको जनाएको छ । कम्पनीले एसयुभीमा पञ्च इभी, नेक्सन केथ्री इभी र कर्भ इभी राखेको थियो । अर्को ह्याचब्याकमा टाटा टियागो इभी राखिएको थियो । साथै, रिडारा, सुजुकी, जिङपेङ, जीली, एक्सपेङ, स्काइवेल, जीएसी आयोन, एलएस अटो र इसुजुलगायतले पनि राम्रै संख्यामा बुकिङ लिएका छन् । यसमा प्रायः डिपल नामी र बीवाइडीमा मल्टिपल बुकिङ भएको व्यवसायी बताउँछन् । जसमा एउटै मान्छेले ३ वटा ब्रान्डका गाडी बुकिङ गरेका छन् ।

यस्तै, कमर्सियल र दुई पा‌ङ्ग्रेमा पनि बुकिङ उत्साहजनक रहेको छ । यसमा हिरो रोयल इन्फिल्ड र यामाहाको धेरै बुकिङ भएको छ । कमर्सियलमा फोटोन कामा किङलङ जस्ता गाडी बुकिङ भएका छन् । कमर्सियलमा पनि नाडा अफरमा गाडी राखिएको थियो । कम्पनीहरूले बुकिङ‌को लागि टोकन मनी ५ हजारदेखि २५ हजारसम्म लिएका थिए ।