
काठमाडौं, ९ भदौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाललाई अब महासंघमा परिणत गरिने भएको छ ।
१७औं संस्करणको नाडा अटो शोको समापन दिन आइतबार बसेको नाडा केन्द्रीय कार्य समितिको २१औं बैठकले नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाललाई नाडा अटोमोबाइल्स महासंघ नेपालमा रूपान्तरण गर्ने प्रस्ताव पारित गरेको हो ।
यसका लागि नाडाले यही भदौ २४ गते विशेष साधारणसभा बोलाएको छ ।








प्रतिक्रिया