२८ जेष्ठ २०८३, बिहिबार

एनआईसी एशिया बैंकका ग्राहकलाई ल्याण्डमार्क होटल एण्ड रिसोर्टमा १५ प्रतिशत छुट

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ भदौ । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई ल्याण्डमार्क होटल एण्ड रिसोर्टमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा रिसोर्ट र बैंकबीच सम्झौता सम्पन्न भएको छ । समझदारीसँगै बैंकका ग्राहकहरुले देशका विभिन्न ठाउँमा सञ्चालनमा रहेको रिसोर्टमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

एनआईसी एशिया बैंकका ग्राहकहरुले खाना तथा पेय पदार्थमा १० प्रतिशत र आवास सेवा लिँदा १५ प्रतिशतको विशेष छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले पोखरा, तनहुँ, काठमाडौं, भैरहवा, भरतपुर र चितवनमा सञ्चालनमा रहेको रिसोर्टबाट छुटहरु प्राप्त गर्न सक्नेछन् ।

यस सुविधाको उपभोग गर्न ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ । रिसोर्टसँगको यस सहकार्यले ग्राहकहरुलाई छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।