
स्लोभाकिया, ८ भदौ । प्रवासी नेपाली मञ्च स्लोभाकिया राष्ट्रिय तदर्थ कमिटी निर्माण भएको छ ।
आइतबार भएको राष्ट्रिय भेलाले रुद्र किसानको अध्यक्षतामा ३१ सदस्यीय तदर्थ कमिटी निर्माण गरेको हो । मञ्चको उपाध्यक्षमा शर्मिला पौडेल, सचिवमा गोकर्ण भट्ट, उपसचिवमा तिलक शर्मा न्यौपाने, रवि रिमाल चयन भएका छन् ।
यसैगरी, मञ्चको सदस्यहरुमा धर्मेन्द्र दाहाल, प्रकाश भण्डारी, सन्तोष रानामगर, कासिराम तिवारी, दिपेश खत्री, तारा खड्का,जीवन भट्टराई,नितु खत्री, अनमिका खड्का चयन भएका छन् ।
त्यसैगरी, सदस्यहरुमा उमेश वास्तोला, सरु भट्टराई, विजय शर्मा, सुजन खत्री, बिमल भण्डारी, देव विक, लुमप्रसाद तिवारी, रामजी रानाभाट, अजय भट्टराई, मेनुका लम्साल, योगेश गुरुङ, धन्सुवा गुरुङ, मन्दीप क्षेत्री, भागीराम डाँगी, प्रयासराज खनाल, मुकेश लामा र टंकराज भण्डारी चयन भएका छन् ।
नेकपा (एमाले)का सदस्य तथा युरोप अमेरिका इन्चार्ज घनश्याम पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापा, सचिव हेम शेर्पा लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा मञ्चका युरोप क्षेत्रका विभिन्न देशका अध्यक्षहरुको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा एनआरएनको विभिन्न पदमा रहेका काम गरेका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।








प्रतिक्रिया