७ असार २०८३, आइतबार

उत्तर कोरियाले गर्‍यो दुई वटा नयाँ वायुरक्षा मिसाइल परीक्षण

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ८ भदौ । उत्तर कोरियाले दुई वटा नयाँ वायुरक्षा मिसाइल परीक्षण गरेको छ । त्यहाँको सरकारी सञ्चारमाध्यम कोरियाली सेन्ट्रेल न्यूज एजेन्सी केसीएनएका अनुसार नेता किम जोङ उनको निगरानीमा ती मिसाइल परीक्षण गरिएको हो ।

परीक्षण गरिएका दुवै मिसाइल ड्रोन र क्रुज मिसाइलसहित विभिन्न हवाई निशानालाई नष्ट गर्न सक्षम छन् । यी मिसाइलमा अत्याधुनिक युद्ध क्षमता र विशेष प्रविधिको उपयोग गरिएको केसीएनएको दाबी छ । दक्षिण कोरियाले मंगलबार सीमा पार गर्ने उत्तर कोरियाली सैनिकविरुद्ध चेतावनीस्वरूप गोली चलाएको केही दिनभित्र उत्तर कोरियाले यी मिसाइल परीक्षण गरेको हो ।

योनहाप समाचार एजेन्सीका अनुसार लगभग ३० उत्तर कोरियाली सैनिक असैन्यकृत क्षेत्र अर्थात् कोरियान डीमिलिटराइज्ड जोनमा प्रवेश गरेका थिए । यो घटनालाई संयुक्त राष्ट्रसंघले पनि पुष्टि गरेको बीबीसीले जनाएको छ । यही समयमा उत्तर कोरियाले शक्तिशाली मिसाइल परीक्षण गरेपछि उत्तर र दक्षिण कोरियाबीच फेरि द्वन्द्व सुरु हुने आशंका गरिएको छ ।