
काठमाडौं, ८ भदौ । बलिउडकी चर्चित गायिका पलक मुचालले पहिलोपटक नेपालमा प्रत्यक्ष प्रस्तुति दिने कार्यक्रम तय भएको छ । आउँदो सेप्टेम्बर १९, २०२५ मा काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने “पलक मुचाल लाइभ इन नेपाल“ कन्सर्टमा पलकले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्नेछिन् ।
कार्यक्रमको प्रस्तुति वल्र्डवाइ फिल्म्स नेटवर्क प्रा.लि.ले गर्नेछ भने व्यवस्थापन मनु मिडिया प्रालिले गर्नेछ । आयोजकका अनुसार, यसपटकको कन्सर्ट नेपाली दर्शकका लागि अविस्मरणीय बनाउने लक्ष्य राखिएको छ ।
विशेष रूपमा, यस कार्यक्रममा कोरियाली गायिका Celinedee Matahari ले पनि आफ्नो प्रस्तुति दिनेछिन् । उनी कोरियाली सहित १५ भन्दा बढी भाषामा गीत गाउन सक्ने क्षमता भएकी कलाकार हुन् र अन्तर्राष्ट्रिय रूपमा चर्चित छिन् ।
आयोजक संस्था अध्यक्ष देव मगर र इभेन्ट म्यानेजर मनिष कार्कीले नोरा फतेहीको कन्सर्टबाट प्राप्त अनुभवलाई यसपटक अझ प्रभावकारी तरिकाले प्रयोग गरिने बताए । साथै, नेपाली कलाकारहरूको पनि उत्कृष्ट प्रस्तुति रहनेछ । टिकटको विवरण र अन्य जानकारी चाँडै सार्वजनिक गरिने आयोजक संस्थाले जनाएका छन् ।








प्रतिक्रिया