२८ जेष्ठ २०८३, बिहिबार

पूर्वमुख्यसचिव वैकुण्ठ अर्याललाई सफाई दिने फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ भदौ । पूर्वमुख्यसचिव बैकुण्ठ अर्याललाई सफाइ दिने विशेष अदालतको फैसलाविरूद्व अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ ।

अख्तियारले आज पुनरावेदन दर्ता गराएको हो । सुरक्षण मुद्रण केन्द्रमार्फत अन्तस्शुल्क स्टिकर छपाइका क्रममा सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयका तत्कालीन सचिव अर्यालसमेत १२ जनाविरूद्ध अख्तियारले ३८ करोड ६७ लाख १७ हजार ६४० रूपैयाँ बिगो दाबी गरी विदेश अदालतमा मुद्दा दायर गरेको थियो।

विशेष अदालतले २०८१ मंसिर १३ गते केही प्रतिवादीलाई मात्र आंशिक दोषी ठहर गरी अर्यालसहितलाई सफाइ दिएको थियो।