
काठमाडौं, ७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको लगानी बोर्डको बैठकले तल्लो अप्सुवा जलविद्युत परियोजना (५४ मेगावाट)को लागि ८ अर्ब ८४ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ ।
शुक्रबार बसेको बैठकले पश्चिम सेती जलविद्युत परियोजना (८०० मेगावाट)को परियोजना विकास सम्झौता तथा वित्तीय ढाँचा तयारी गर्न वार्ता समिति गठन गर्ने निर्णय गरेको हो । यसबाहेक, पाँचखाल विशेष आर्थिक क्षेत्र र काठमाडौं–हेटौंडा–वीरगञ्ज पोडवे परियोजनाको विस्तृत सम्भाव्यता अध्ययन गर्न अनुमति दिइएको छ । साथै, माथिल्लो कर्णाली जलविद्युत परियोजना (९०० मेगावाट) को नयाँ प्रसारण लाइन रुटको सम्भाव्यता तथा वातावरणीय अध्ययन गर्न कर्णाली ट्रान्समिशन प्रालिलाई सहमति प्रदान गरिएको छ ।
बैठकमा उपप्रधानमन्त्री, अर्थमन्त्री, योजना आयोगका उपाध्यक्ष, राष्ट्र बैंकका गभर्नरलगायत उच्च अधिकारीहरूको उपस्थिति थियो ।







प्रतिक्रिया