
काठमाडौं, ७ भदौ । चेल्सीले वेस्ट ह्याम युनाइटेडलाई ५–१ ले पराजित गर्दै २०२५÷२६ प्रिमियर लिग अभियानको पहिलो जित हात पार्यो ।
आफ्ना पूर्व मुख्य प्रशिक्षक ग्राहम पोटरमाथि थप दबाब सिर्जना ग¥यो । लन्डन स्टेडियममा वार्म–अपको क्रममा कोल पामर घाइते भएपछि चेल्सीले आफ्नो मुख्य खेलाडी गुमाए। छैटौँ मिनेटमा लुकास पाक्वेताको शानदार गोलबाट चेल्सी पछाडि पर्यो ।
जाओ पेद्रोले १५ औं मिनेटमा बराबरी गोल गरे । त्यसपछि पेद्रो नेटोले २३औँ मिनेट गोल गर्दै चेल्सीले अग्रता लियो । त्यसपछि ३४ औं मिनेटमा एनजो फर्नान्डेजले सजिलो ट्याप–इन गर्दै गोल गरेपछि पहिलो हाफमा चेल्सीले ३–१ को अग्रता लियो ।
मध्यान्तरमा वेस्ट ह्यामलाई आफ्नै समर्थकले हुटिङ गरे। मोइसेस काइसिडो ५४ र र ट्रेभो चालोबाहले ५८ औं मिनेटमा गोल गर्दै चेल्सीको जितलाई फराकिलो बनाए ।
दुई खेलपछि वेस्ट ह्याम पुछारमा पुगेको छ । चेल्सी चार अंकसहित शीर्ष स्थानमा उक्लिएको छ ।








प्रतिक्रिया