२९ आश्विन २०८३, बिहिबार

सानिमा बैंक दुई जलविद्युत परियोजनाका लागि एजेन्ट बैंक नियुक्त

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ भदौ । द एक्सपोर्ट एन्ड इम्पोर्ट बैंक अफ चाइना (सीईएक्सआईएम) बैंकले सनिमा बैंक लिमिटेडलाई मनाङ मर्स्याङ्दी हाइड्रोपावर प्रालि (१३५ मेघावाट)–१ र लाङटाङ भोटेकोशी हाइड्रोपावर प्रा.लि (१२० मेघावाट)–१ समेत दुई जलविद्युत आयोजनाका लागि वित्तीय सहजीकरण/मध्येस्थकर्ताको रुपमा कार्य गर्न नेपालका लागि एजेन्ट बैंक नियुक्त गरेको छ ।

तद्अनुसार सीईएक्सआईएम बैंकको चीनस्थित सिचुआन शाखामा आयोजित एक विशेष कार्यक्रममा सानिमा बैंक लिमिटेड र सीईएक्सआईएमबीच सम्झौतामा हस्ताक्षर गर्ने कार्य सम्पन्न भएको छ । सम्झौतामा सानिमा बैंक (एजेन्ट बैंक)का तर्फबाट प्रमुख निक्षेप अधिकृत हेमराज सञ्ज्याल र सीईएक्सआईएमको तर्फबाट सिचुआन शाखाकी उपाध्यक्ष यानहुईले हस्ताक्षर गरेका छन् ।

विशेष कार्यक्रममा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डे, सीईएक्सआईएम बैंक सिचुआन शाखाका अध्यक्ष चेन शेंग्रोङ र एसजीआईसी इन्टरनेशनलका अध्यक्ष लियाओ बिन समेतको उपस्थिति रहेको थियो ।

समारोहलाई सम्बोधन गर्दै सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले एजेन्सी बैंकको रुपमा कार्य गर्न सानिमा बैंकलाई विश्वास गरी छनौट गरेकोमा सबै सरोकारवालाहरुप्रति आभार व्यक्त गरे । साथै, सीईएक्सआईएम बैंकसँगको महत्वपूर्ण सहकार्यले सानिमा बैंकको अन्तर्राष्ट्रिय व्यापार सम्बन्ध विस्तार भई व्यापार प्रवद्र्धनमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे । उनले उर्जा जलविद्युत, व्यापार पूर्वाधार, लगायतका क्षेत्रमा यस्ता सहकार्यले नेपालका लागि महत्वपूर्ण योगदान गर्ने अपेक्षा समेत व्यक्त गरे ।

त्यसैगरी, सीईएक्सआईएम र मुख्य लगानीकर्ता कम्पनीका प्रतिनिधिहरुले परियोजना समयमै सम्पन्न गर्न सहजीकरण गर्ने संयुक्त प्रतिबद्धता व्यक्त गरे । यस कार्यको लागि सानिमा बैंकको भुमिका महत्वपूर्ण हुने कुरा व्यक्त गर्र्दै यी परियोजनाबाट प्राप्त अनुभवबाट भविश्यमा अन्य क्षेत्रमा पनि यस किसिमका सहकार्य गर्न परियोजनाहरु कोशेढुंगा सावित हुने विचार व्यक्त गरे । साथै, यी परियोजना सफल बनाउन हाल सम्मकै ठूलो परिमाणमा चाईनिज मुद्राको अन्र्तरदेशीय कारोबार नेपालमा भित्राउन सानिमा बैंक सफल भएको छ र यस्ता कार्यले आगामी दिनमा बैंकको कार्य क्षमता बढ्ने र राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा सानिमा बैंकको साख वृद्धि हुने तथा देशको दिगो विकासमा महत्वपूर्ण टेवा पुर्‍याउने देखिएको छ ।