११ असार २०८३, बिहिबार

पूजा क्षेत्री तीज म्युजिक खबर अवार्डबाट सम्मानित

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ भदौ । गायिका पूजा क्षेत्री सम्मानित भएकी छन् । ‘चौथो म्युजिक खबर तीज म्युजिक अवार्ड २०८२’मा उनी म्युजिक खबर अवार्डबाट सम्मानित भएकी हुन् ।

यो वर्ष तीजको अवसरमा बजारमा आएका १५० भन्दा बढी गीतलाई समेटेर बिहीबार काठमाडौंमा तीज म्युजिक अवार्ड आयोजना गरिएको हो ।

समारोहमा विभिन्न २१ विधामा अवार्ड प्रदान गरिएको थियो । समारोहमा समाजका विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने नारीलाई सम्मान प्रदान गरिएको थियो ।

समारोहमा वरिष्ठ अभिनेत्री लक्ष्मी गिरीलाई म्युजिक खबर विशिष्ट नारी सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रममा अभिनेत्री दीपाश्री निरौला र गायिकाद्वय मञ्जु थापा र हरिमाया गुरुङले ‘नारीरत्न सम्मान प्रदान’ प्राप्त गरे ।

सांसद रेखा यादव, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, अवार्ड अध्यक्ष सविता पोखरेल लगायतले सम्मान प्रदान गरे ।

सर्वोत्कृष्ट तीज दोहोरी गायकको अवार्ड ‘म त माइत जाने हो’बाट प्रकाश कटुवाल र तीज दोहोरी गायिकाको अवार्ड ‘नाच्छु म बुरुक बुरुक’बाट मधु रसाइलीले हासिल गरे । सर्वोत्कृष्ट मौलिक तीज गीत गायिकाको अवार्ड ‘नाच्छ भने नाच्न दे’गीतबाट सरिता भारतीले हासिल गरिन् भने सर्वोत्कृष्ट मौलिक तीज संगीतको अवार्ड ‘किन्दिने हो कल्ले ?’ गीतबाट दीपक शर्माले पाए ।