२७ जेष्ठ २०८३, बुधबार

बाढीपहिरोले काठमाडौं–हेटौंडा जोड्ने दुई सडकखण्ड अवरुद्ध

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ६ भदौ । काठमाडौं– हेटौंडा जोड्ने कान्तिलोकपथ र त्रिभुवन राजपथ सडकखण्ड अवरुद्ध भएका छन् । मकवानपुर प्रहरीका अनुसार कान्ति लोकपथ सडकखण्ड अन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–८ स्थित भ¥याङ डाँडा र त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी गाउँपालिका–१ स्थित बागझुरामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

शुक्रबार दिउँसो सवा ३ बजेको समयमा बागझुरास्थित त्रिभुवन राजपथ सडक खण्डमा गिटी बालुवासहितको भेलबाढी आउँदा सडक पूर्ण रूपमा अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।

यसैगरी वर्षाका कारण सडकमाथिबाट ढुंगामाटो सहितको पहिरो खस्दा कान्तिलोकपथ सडक खण्ड अवरुद्ध बनेको प्रहरीले जनाएको छ । पहिरो गएर सडक अवरुद्ध बनेको खबर थाहा पाउने बित्तिकै सडक खुलाउन प्रहरी टोली परिचालन भएको छ । तर पानी परिरहेका कारण पहिरो पन्छाउन समस्या भइरहेको प्रहरीले जनाएको छ ।