काठमाडौं, ६ भदौ । कुवेतमा विषाक्त मदिरा सेवनबाट मृत्यु भएका थप एकजना नेपालीको शव नेपाल ल्याइएको छ । १२ जनाको मृत्यु भएकामध्ये हालसम्म ५ जनाको शव नेपाल ल्याएको हो ।
यसअघि केही दिनअघि चारजनाको शव ल्याइएको थियो । बाँकी ७ जनाको शव पनि नेपाल पठाउने तयारी भइरहेको जानकारी दिइएको छ । मदिरा सेवनबाट बिरामी भएका १३ जना नेपालीको कुवेतमै उपचार भइरहेको छ ।
मदिरा सेवनबाट नेपाली १२ जनासहित २३ जनाको मृत्यु भएको हो ।








प्रतिक्रिया