१० श्रावण २०८३, आइतबार

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ भदौ । स्थानीय बजारमा बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९५ हजार २०० रुपैयाँ निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी दुई हजार ३३० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

बिहीबार एक तोला सुन एक लाख ९४ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी दुई हजार २९० रुपैयाँमा क्रयविक्रय भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज प्रति औँस सुन तीन हजार ३२९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।