
काठमाडौँ, ६ भदौ । ग्लोकल प्रालिले ११ औं संस्करणको गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२५ को लागि शीर्ष ६ फाइनलिस्टको नाम घोषणा गरेको छ ।
यो वर्षको प्रतियोगितामा बालबालिकाको अधिकार, नवप्रवर्तन, प्रविधि, उद्यमशीलता, शिक्षा, स्वास्थ्य, सामाजिक क्रियाशीलता, पर्यावरण, एआई विज्ञान÷अनुसन्धान र अन्य विभिन्न क्षेत्रमा समाजमा सकारात्मक प्रभाव पारेका ७८४ किशोरकिशोरीहरूबाट आवेदन प्राप्त भएको थियो ।
ग्लोकल २० अण्डर २० छनोट गरिएका उत्कृष्ट किशोरकिशोरीहरूको विवरण र दस्तावेजहरूको समीक्षा हाम्रो निर्णायक मण्डलले गरेको थियो । त्यसपछि उनीहरूको कामको सुरुवात, उपलब्धि, निरन्तरता र समाजमा पारेको प्रभावको आधारमा गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२५ का लागि अन्तिम चरणमा शीर्ष छ फाइनलिस्टलाई सर्टलिस्ट गरिएको हो ।
सम्मानित ६ सदस्यीय निर्णायक मण्डलले यी ६ जना प्रतिभाशाली किशोरकिशोरीलाई उनीहरूको उपलब्धि, पहल र आआफ्नो क्षेत्रमा पुर् याएको योगदानका लागि सर्टलिस्ट गरेको छ ।
फाइनलिस्टहरू–
१. कृष्ण यादव, धनुषा (सामग्री निर्माता)
२. मानुषी न्यौपाने, स्याङ्जा ( यौन तथा प्रजनन स्वास्थ्य अधिकारकर्मी) अधिवक्ता
३. निश्चल ढुंगाना, कपिलवस्तु (जलवायु न्याय अधिवक्ता)
४. अक्सफोर्ड आचार्य, जुम्ला (नीति अधिवक्ता)
५. रेणुका सिंह, सर्लाहीकी (कृषि उद्यमी)
६. सफल पौडेल, रूपन्देही (एआई विकासकर्ता)








प्रतिक्रिया