२३ जेष्ठ २०८३, शनिबार

टप टी–२० सिरिजमा आज पाकिस्तानसँग भिड्दै नेपाल

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ भदौ । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी–२० सिरिजमा शुक्रबार नेपालले पाकिस्तानको सामना गर्दैछ ।

सिरिजअन्तर्गत समूह चरणको अन्तिम अर्थात् छैटौं खेलमा नेपालले पाकिस्तान शाहिन्ससँग प्रतिस्पर्धा गर्न लागेको हो । यो खेल नेपाली समयअनुसार शुक्रबार दिउँसो ३ः१५ बजे सुरु हुनेछ ।

नेपालले सिरिजका पाँच खेल खेलिसकेको छ । जसमध्ये दुई खेलमा विजयी हुँदा तीन खेल गुमाएको छ । पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले हारेको नेपाल, दोस्रो खेलमा बंगलादेश ‘ए’सँग ३२ र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भयो ।

चौथो र पाँचौं खेलमा भने नेपालले सानदार जित निकालेको छ । चौथो खेलमा मंगलबार होबार्ट हरिकेन्स एकेडेमीलाई ६६ रनले हराएको नेपाले पाँचौं खेलमा मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले पराजित गरेको छ ।

सिरिजमा सहभागी ११ टिममध्ये अंक तालिकाको सातौं स्थानमा रहेको नेपालले सेमिफाइनल प्रवेशका लागि आजको खेल जित्नैपर्ने दबाब छ ।

चार अंकसहित तालिकाको सातौं स्थानको नेपालले पाकिस्तानलाई पराजित गरेमा सेमिफाइनल प्रवेश गर्ने गणितीय सम्भावना कायम रहनेछ ।