२० जेष्ठ २०८३, बुधबार

लुम्बिनी लाभाजले भैरहवामा ट्रफी टुर र ट्यालेन्ट हन्ट गर्ने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ५ भदौ । एभरेष्ट महिला भलिबल लिग (इडब्लभी) को फ्रेन्चाईज टोली लुम्बिनी लाभाजले भैरहवामा ट्रफी टुर र ट्यालेन्ट हन्ट गर्ने भएको छ ।

लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्ने टोली लाभाजले भदौ ९ गते रुपन्देहीको भैरहवामा ‘ट्रफि टुर’ र ‘ट्यालेन्ट हन्ट कार्यक्रम’ सञ्चालन गर्ने भएको हो ।

लाभाजका अनुसार मायादेवी मन्दिर परिसरमा ट्रफी अनावरण गरी लुम्बिनी प्रदेशका विभिन्न स्थानमा ट्रफी परिक्रमा गराइनेछ । ट्रफी टुर र ट्यालेन्ट हन्टको उद्देश्य प्रदेशभित्र भलिबल खेलप्रतिको जनचासो र स्थानीय समुदायसँगको सम्बन्ध विस्तार गर्नु रहेको क्लबले जनाएको छ ।

ट्यालेन्ट हन्ट कार्यक्रम अन्तर्गत लुम्बिनी प्रदेशका प्रतिभावान र उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले लाभाज टोलीमा सहभागी हुने अवसर प्राप्त गर्नेछन् ।

कार्यक्रमको सम्पूर्ण व्यवस्थापन सिद्धार्थ जेसिसले गर्नेछ । ट्यालेन्ट हन्ट कार्यक्रममा सहभागी हुन इच्छुक खेलाडीहरूले तोकिएको मापदण्ड अनुसार सिद्धार्थ जेसिसमा सम्पर्क गर्नु पर्नेछ ।

नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही मार्की खेलाडी हुन् । अक्सनबाट कामना विष्ट, अलिसा मानन्धर, शान्तिकला तामाङ, अनुसा चौधरी, रोमा महतो, जेनिसा विश्वकर्मा र रिकजना माझीलाई टिममा अनुबन्धन गरिसकेको छ । इडब्लुभी भदौ २० देखि २८ गतेसम्म पोखरामा सञ्चालन हुँदैछ ।