२२ असार २०८३, सोमबार

विद्यालय शिक्षा विधेयक शिक्षा समितिबाट पारित

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ भदौ । विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभाको शिक्षा, विज्ञान तथा प्रविधि समितिबाट पारित भएको छ । आज(बिहिवार) बसेको शिक्षा समिति बैठकले उक्त विधेयक पारित गरेको हो ।

पारित भएको विधेयक अब बस्ने संसद् बैठकमा पेश हुने समितिले जनाएको छ । यसअघि समितिबाट पारित गर्ने तयारी भए पनि विधेयकमा राखिएका केही प्रावधानहरूमा सरोकारवालाहरूले विमति जनाएपछि पारित हुन सकेको थिएन ।

आज भने पारित गर्ने गरी समिति बैठक बिहानैदेखि बसेको थियो ।