२८ जेष्ठ २०८३, बिहिबार

सात हजार नेपाली अमेरिकाबाट लखेटिन सक्ने, अदालतद्वारा टिपीएस खारेज

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ भदौ । अमेरिकाको सान फ्रान्सिस्कोस्थित अदालतले नेपालीसहितका आप्रवासीलाई दिइँदै आएको अस्थायी सुरक्षा स्थिति टिपीएस खारेज गरेको छ । अदालतको यो निर्णयले नेपालका करिब सात हजार आप्रवासी प्रभावित हुनेछन्।

उनीहरूको टीपीएस यही अगस्ट ५ मा सकिएको हो। यस्तै, होन्डुरसका ५२ हजार र निकारागुआका ४ हजार आप्रवासीको स्थिति पनि चाँडै सकिँदै छ।

ट्रम्प प्रशासनले टीपीएसलाई अस्थायी मात्र हुने भन्दै अन्त्य गर्न खोजिरहेको छ भने आप्रवासी अधिकार समूहले यसको विरोध गर्दै आएका छन्।

के हो टिपीएस ?

अस्थायी सुरक्षा स्थिति टीपीएस भन्नाले अमेरिकाले असुरक्षित अवस्थामा रहेका केही मुलुकका नागरिकलाई दिएको अस्थायी कानुनी हैसियत हो। यस अन्तर्गत ती मुलुकका नागरिकले अमेरिकामा बस्न र काम गर्न पाउने भए पनि स्थायी बसोबास वा ग्रीनकार्ड भने पाइँदैन।

अमेरिकाको होमल्यान्ड सेक्युरिटी विभागले प्राकृतिक विपत्ति, युद्ध वा राजनीतिक अस्थिरताका कारण आफ्नै मुलुक फर्कन नसक्ने अवस्थामा टिपीएस दिने गर्छ।

नेपालका नागरिकलाई सन् २०१५ को विनाशकारी भूकम्पपछि टिपीएस प्रदान गरिएको थियो। त्यसैगरी होन्डुरस, निकारागुआ, हैटी, अफगानिस्तानलगायतका मुलुकका नागरिक पनि टिपीएसबाट लाभान्वित भएका छन्।