काठमाडौं, ४ भदौ । कुवेतमा विषाक्त मदिरा सेवनबाट मृत्यु भएका चारजना नेपालीको शव नेपाल आइपुगेको छ ।
विषाक्त मदिरा सेवनबाट मृत्यु भएका १२ जनामध्ये चारजनाको शव नेपाल आइपुगेको हो । चारवटा शव परिवारले बुझिसकेका छन् । बुधबार अर्के एक शव आउने बताइएको छ ।
बिरामी परेका १५ जना नेपालीको कुवेतकै विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।








प्रतिक्रिया