७ असार २०८३, आइतबार

एन्फाले पूर्व उपाध्यक्ष थापासँग स्पष्टीकरण माग्यो

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ४ भदौ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले पूर्व उपाध्यक्ष कृष्ण थापालाई स्पष्टीकरण मागेको छ । हाम्रो खेलकुदको साप्ताहिक पोडकास्ट हाम्रो खेलकास्टमा दिएको अभिव्यक्तिको एउटा प्रसंगका आधारमा एन्फाले राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी एवम् प्रशिक्षक थापालाई सोमवार स्पष्टीकरण सोधेको हो ।

महिला फुटबल टोलीको कप्तानको विवादका विषयमा नेतृत्व भूमिकालाई थापाले भनेका थिए, ‘ राष्ट्रको इज्जत प्रतिष्ठा भन्दा पनि व्यक्तिगत स्वार्थको लागि उहाँहरु हिडेको जस्तो देख्छु‌ ।’ कप्तानको छनोटमा उहाँहरुको हस्ताक्षेप छ भन्ने तपाईंलाई भन्ने प्रश्नमा थापाले भनेका छन्, ‘उहाँहरुको नभए कस्को छ त ? उहाँहरु अलि साम्प्रदायिक भावनाको पनि हुनुहुन्छ । साम्बालाई क्याप्टेन दिदैमा उहाँहरुलाई टाउको दुख्ने केही कारण हुन्छ । साम्बा कुन कुराले कमजोरी सिनियर नै हुनुपर्छ भन्ने छैन । कोचले क्याप्टेन नियुक्त गर्ने हो वास्तवमा ।’

व्यक्तिगत रुपमा त उहाँहरुले उहाँ हुनुहुँदैन भन्नु भाको छैन भन्ने अर्को प्रश्नमा थापाले थपेका छन् , नभन े नि हामीहरुले ले बुझ्छम् नि कुरा । कुरा बुझ्छौँ । उहाँलाई क्याप्टेनसिप दिदा कसको खोसिन्छ। कसलाई मर्का पर्छ भन्ने विषयमा पहिल्यै सल्लाह भइसकेको हुन्छ नि त्यो ।’

झन्डै डेढ महिना अघि एएफसी एसियन कप छनोटको पहिलो तत्कालीन कप्तान एन्जिला तुम्बाप्पो सुब्बा पहिलो रोजाइमा नपरेपछि मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले सावित्रा भण्डारी ‘साम्बा’ लाई कप्तानको जिम्मेवारी दिएपछि विवाद भएको थियो ।

प्रशिक्षक डे वाइल्डले समयमा कप्तानको नाम नदिएपछि सिनियर खेलाडी भएकाले आफूहरुले रेनुका नगरकोटेको नाममा कप्तान लेखेर एन्फामा पठाएको हेड अफ डेलिगेट्स सरिला श्रेष्ठ मालेकुले बताएकी थिइन् । प्लेइङ लिस्टमा रेनुकाकै नाम भएपनि खेलमा साम्बाले आर्मब्यान्ड लगाएकी थिइन् । पछि २ खेलमा भने साम्बा नै कप्तान रहिन् ।

मालेकुलगायतको टोलीले उज्वेकिस्तानबाट फर्केर पत्रकार सम्मेलन गर्दै कप्तान विवादको सबै आरोप मुख्य प्रशिक्षक डे वाइल्डलाई लगाएका थिए । त्यहि बिषयमा एन्फाले मुख्य प्रशिक्षकलाई स्पष्टीकरण सोधेको थियो भने उनले राजीनामा गरेका थिए ।

त्यहि कप्तानका विषयमा बोलेका कारण एन्फाले थापालाई ७ दिन भित्र लिखित स्पष्टीकरण पेश गर्न अन्यथा कानुन बमोजिम प्रक्रिया अघि बढाउने धम्की दिएको छ ।

एन्फाका महासचिव किरण राईले पठाएको पत्रमा भनिएको छ , ‘ कप्तानी नियुक्ती सम्बन्धमा एन्फाको पदाधिकारी तथा सदस्यहरुको व्यक्तिगत स्वार्थ र साम्प्रदायी भावनामा यस्तो भएको भन्ने अभिव्यक्ति दिनु भएको विषयमा एन्फाको गम्भीर ध्यानाकर्षण भएकोछ । यस्ता अभिव्यक्तिले राष्ट्रिय महिला टिममा साम्प्रदायी भावना फैलिने र नकारात्मक संदेश जाने देखिएकोले यस विषयमा यहाले के कति कारणले कस्को स्वार्य वाझिने कार्य भएको अभिव्यक्ति दिनु भएको र राष्ट्रको ईज्जत र प्रतिष्ठा भन्दा व्यक्ति गत स्वार्थ देखिएको सम्बन्धमा कस्को संलग्नता रहेको छ ।’

पहिलो दक्षिण एसियाली खेलकुद (साग) को स्वर्ण पदक विजेता भएका कारण राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले भत्ता दिदै आएको विषयलाई पनि एन्फाले पत्रको बोधार्थ राखेपलाई समेत पठाएको छ । राखेपका फुटबलका मुख्य प्रशिक्षक समेत रहेका थापाले एन्फाको प्राविधिक निर्देशकको जिम्मेवारी पनि सम्हालिसकेका छन् । उनी यो भन्दा अघिल्लो कार्यसमितिमा उपाध्यक्ष थिए ।