
काठमाडौँ, ४ भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अहिले राज्यविरुद्ध विद्रोह गर्ने वेला नभएको बताएका छन् । बुधवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । एकथरी मानिस अहिले पनि राज्यविरुद्ध द्रोह गरिरहेको भन्दै अहिले विद्रोह गर्ने समय नभएको बताए ।
उनले नेपाल बहुभाषिक, बहुसांस्कृतिक, बहुजातीय मुलुक भएकाले सबैको प्रतिनिधित्व हुन नसक्ने भएकाले राष्ट्रपतीय प्रणालीमा नगएको बताए । राष्ट्रपतीय प्रणालीमा जाँदा प्रतिनिधित्वका लागि ठाउँ कम हुने भएकाले राष्ट्रपतीय प्रणालीमा नगएको उनको भनाइ छ ।
अहिलेको शासन प्रणालीबाट आदिवासी जनजातिले लाभ लिन सक्नुपर्ने बताए। समतामूलक, समावेशी समाज निर्माण गर्न जरुरी रहेको बताए । मन्त्री गुरुङले भने, ‘राष्ट्रपतीय प्रणालीमा गयो भने बहुभाषिक, बहुसांस्कृतिक, बहुजातीय मुलुकमा प्रतिनिधित्वमा धेरै समस्या पैदा हुन्छ । एकथरी मानिसहरू अहिले पनि राज्यको विरुद्धमा द्रोह गरिरहेकै देखिन्छ । आज राज्यको विरुद्धमा विद्रोह गर्ने समय होइन ।’
मन्त्री गुरुङले आदिवासी जनजातिको छुट्टै मन्त्रालय हुनुपर्छ भनेर माग गरिरहेको भन्दै आज आदिवासी जनजाति प्रतिष्ठानका लागि केही बजेट छुट्याउन पनि हड्डीमा गिद्ध र कुकुर जस्तो झुन्डिनु परेको बताए ।








प्रतिक्रिया