२१ असार २०८३, आइतबार

अफगानिस्तानमा बस दुर्घटना : इरानबाट निर्वासित ७३ जनाको ज्यान गयो

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ४ भदौ । अफगानिस्तानको हेरात प्रान्तमा गएराति भएको बस दुर्घटनामा कम्तीमा ७३ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा १७ जना बालबालिका रहेका बीबीसीले जनाएको छ ।

इरानबाट निर्वासित अफगान आप्रवासी बोकेको बस, ट्रक र मोटरसाइकलसँग ठोक्किँदा आगलागी भएको थियो । बसमा सवार सबै यात्रुको ज्यान गएको छ भने ट्रक र मोटरसाइकल चालकले ज्यान गुमाएका छन् । बस इस्लाम काला नाकाबाट काबुलका लागि छुटेको थियो ।

हेरात प्रहरीले चालकको लापरबाही र तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरेको छ । इरानले पछिल्ला महिनामा अवैध अफगान आप्रवासीलाई फिर्ता पठाइरहेको छ । संयुक्त राष्ट्रसङ्घको शरणार्थी निकायका अनुसार सन् २०२५ को शुरुदेखि १५ लाखभन्दा धेरै अफगानहरू इरान छोड्न बाध्य भएका छन् ।