७ असार २०८३, आइतबार

टस जितेर नेपाल ब्याटिङमा, दोस्रो जितको खोजी

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ भदौ। अस्ट्रेलियामा जारी टप एन्ड टी–२० शृंखलाको पाँचौँ खेलमा नेपालले मेलबर्न रेनेगार्डस् एकेडेमीविरुद्ध ब्याटिङ गरिरहेको छ ।

कप्तान रोहित पौडेललाई आराम दिइएपछि दीपेन्द्रसिंह ऐरीले टोलीको नेतृत्व गर्दै टस जितेर ब्याटिङ रोजेका हुन्। ओपनर आसिफ सेख पनि प्लेइङ–११ मा परेनन्।

नेपालले यसअघि चारमध्ये तीन खेलमा हार र एक खेलमा जित निकालेको थियो। आजको खेलमा नेपाल दोस्रो जितको खोजीमा छ।

प्लेइङ–११ मा दीपेन्द्रसिंह ऐरी (कप्तान), लोकेश बम (विकेटकिपर), कुशल भुर्तेल, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, गुल्सन झा, रुपेश सिंह, नन्दन यादव र साहब आलम रहेका छन् ।