
काठमाडौं, ४ भदौ । मुख्यमन्त्री निवासमा सार्वजनिक सुनुवाइको क्रममा दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तामाथि आक्रमण भएको छ । बुधबार बिहान उनीमाथि थप्पड प्रहार भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
दिल्ली भाजपा अध्यक्ष वीरेन्द्र सक्सेनाले भनेका छन्, ‘आरोपी व्यक्तिले मुख्यमन्त्रीको हात समातेर ताने । यस क्रममा उनको टाउको टेबलको कुनामा ठोक्कियो । उनको टाउकोमा चोट लागेको छ । थप्पड हानेको घटना गलत हो ।’
यता, मुख्यमन्त्री गुप्तामाथि आक्रमणको पुष्टि गर्दै दिल्लीको मुख्यमन्त्री कार्यालयले भन्यो– आज सार्वजनिक सुनुवाइको क्रममा एक व्यक्तिले मुख्यमन्त्री रेखा गुप्तामाथि आक्रमण गरे । आरोपीलाई दिल्ली प्रहरीले पक्राउ गरेको छ र सोधपुछ भइरहेको छ ।
मिडिया रिपोर्टका अनुसार एक ३५ वर्षीय व्यक्ति सार्वजनिक सुनुवाइमा आए । उनले मुख्यमन्त्रीलाई केही कागजात दिए । त्यसपछि केही भनाभन भयो र उनले मुख्यमन्त्रीमाथि आक्रमण गरेका थिए ।
आरोपीलाई दिल्ली प्रहरीले पक्राउ गरेको छ र सोधपुछ गरिरहेको छ ।
गुप्ता २० फेब्रुअरी २०२५ मा दिल्लीको मुख्यमन्त्री बनेकी थिइन् ।








प्रतिक्रिया