
काठमाडौं, ४ भदौ । टाटा मोटर्सले यस वर्षको नाडा अटो शो २०२५ मा आफ्नो विद्युतीय सवारी साधनहरूको नवीनतम श्रृंखला प्रस्तुत गर्दै प्रदर्शनीलाई विद्युतीय बनाएको छ । सिप्रदी ट्रेडिङ प्रालिसँगको साझेदारीमा टाटाले टियागो इभीको नयाँ एरिजोना ब्लू रंग पहिलोपटक सार्वजनिक गरेको छ ।
यस वर्षको अटो शोमा प्रदर्शित प्रमुख इभी मोडलहरूमा कर्भ इभी, नेक्सन के३ इभी, पञ्च इभी र टियागो इभी रहेका छन् । यी मोडलहरूले बोल्ड डिजाइन, उत्कृष्ट लूक्स र भविष्य–मैत्री प्रविधिको संयोजनमार्फत ग्राहकलाई नयाँ अनुभव दिने कम्पनीको दाबी छ ।
यसै अवसरमा, टाटाले ग्राहकका लागि विशेष अफरहरू ल्याएको छ, जसअन्तर्गत—
–सिप्रदीको देशव्यापी चार्जिङ नेटवर्कमा आजीवन निःशुल्क डीसी फास्ट चार्चिङ
–आकर्षक डिस्काउन्ट र बेस्ट एक्सचेन्ज भ्यालुएसन
–३ वर्षसम्म निःशुल्क सर्भिसिङ
–निःशुल्क अटोप्लस इन्स्योनेन्स
–निःशुल्क सामानहरु र १ वर्षको सवारी कर
–घरमै निःशुल्क चार्चिङ स्टेसन इन्टलेसन
–निःशुल्क इम्बोस्ड नम्बर प्लेट
यसरी, अफर र नयाँ मोडलहरूको संयोजनले नेपालमा विद्युतीय सवारीसाधन बजारलाई अझ प्रतिस्पर्धी र आकर्षक बनाउने कम्पनीको विश्वास छ।
टाटा प्यासेन्जर इलेक्ट्रिक मोबिलिटीका इन्टरनेशनल बिजनेस प्रमुख यश खण्डेलवालका अनुसार टाटाले यसपटक प्रस्तुत गरेको नवीन इभी पोर्टफोलियोले नेपालमा मोबिलिटीको भविष्यलाई अझ दिगो र आधुनिक बनाउनेछ ।
त्यस्तै, सिप्रदी ट्रेडिङ प्रालिका सीईओ राजनबाबु श्रेष्ठले यस प्रदर्शनीलाई नेपालमा विद्युतीय सवारीसाधन क्रान्ति तीव्र बनाउने महत्वपूर्ण मञ्चका रूपमा व्याख्या गर्दै सम्पूर्ण ग्राहकलाई उपयुक्त मोडल र बजेटअनुसारको विकल्प उपलब्ध हुने बताए ।
टाटाले यसै अटो शोमा नयाँ सफारी पनि सार्वजनिक गरेको छ, जसमा एदास, मेमोरी सिट, ड्युल जोन क्लाइमेट कन्ट्रोल, टेरेन रिस्पोन्स मोड्स लगायतका प्रिमियम विशेषताहरू छन् । यसको मूल्य १२,१९९,००० रुपैयाँबाट सुरु हुन्छ ।
मंगलबार सुरु भएको नाढा अटो शो २०२५ भदौ ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा जारी रहनेछ ।
टाटा मोटर्स र सिप्रदी ट्रेडिङ्गले सम्पूर्ण अटोप्रेमीहरूलाई आफ्ना नयाँ मोडल र सीमित अवधिका अफरहरू नजिकैबाट अवलोकन गर्न आमन्त्रण गरेको छ ।
















प्रतिक्रिया