
काठमाडौं, ३ भदौ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले ग्राहकहरुका लागि विशेष सुविधासहितको गाडी कर्जा योजना सार्वजनिक गरेको छ ।
यस योजनाअन्तर्गत ग्राहकहरूले आकर्षक ब्याजदरमा सजिलैसँग गाडी खरिद गर्न सक्नेछन् । हालको लागि गाडी कर्जाको ब्याजदर केबल ६.२९ प्रतिशत (२०८२ भाद्र महिनाको आधारदर ५.७९ प्रतिशत मा ०.५ प्रतिशत थप गरि हुन आउने ६.२९ प्रतिशत) कायम गरिएको बैंकले जनाएको छ ।
आगामी दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ल्याइएको यस योजनाले चाडपर्वको उत्सवमा नयाँ गाडीको सपना पूरा गर्न चाहने ग्राहकहरुलाई थप सहजता हुने बैंकले अपेक्षा गरेको छ । सिमित समयका लागि मात्र लागू रहने यस विशेष सुविधा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका देशभरका शाखाहरुबाट लिन सकिनेछ ।
बैंकले हाल २७५ शाखा, ६५ एक्सटेन्सन काउन्टर, २६४ एटीएम एवं ६० शाखारहित बैंकिङमार्फत अत्याधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको छ ।








प्रतिक्रिया