२७ जेष्ठ २०८३, बुधबार

एशिया कपका लागि भारतको टोली घोषणाः गिल उपकप्तान, बुमराहले पनि खेल्ने

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाण्डौ, ३ भदौ । एशिया कप टी–२० क्रिकेटका लागि साविक विजेता भारतको टोली घोषणा भएको छ । संयुक्त अरब इमिरेट्स (यूएई) मा आउँदो महिना हुने प्रतियोगिताका लागि भारतले आज १५ सदस्यीय टोली घोषणा गरेको हो ।

टोलीको कप्तानमा सूर्यकुमार यादव छन् । यस्तै शुभमन गिल उपकप्तानका रूपमा फर्किएका छन् । गएको वर्षको आईसीसी पुरुष टी–२० विश्वकप जित्ने टोलीबाट टोलीमा धेरै परिवर्तन भएको छ जसमा केही ठूला नामहरू पनि समावेश छन् ।

जसप्रीत बुमराह २०२४ को टी–२० विश्वकपपछि पहिलो पटक सीमित ओभरको क्रिकेटमा फर्किएका छन् । गएको वर्षको टी–२० विश्वकपको फाइनलदेखि टेस्ट क्रिकेटमा मात्र खेलेका बुमराहलाई सीमित ओभरको क्रिकेटबाट आराम दिइएको थियो । यस्तै चोटका कारण उनले आईसीसी च्याम्पियन्स ट्रफी पनि गुमाएका थिए ।

यस्तो छ भारतको टोली–
सूर्यकुमार यादव (कप्तान), शुभमन गिल, अभिषेक शर्मा, तिलक वर्मा, हार्दिक पान्ड्या, शिवम दुबे, अक्षर पटेल, जितेश शर्मा, जसप्रीत बुमराह, वरुण चक्रवर्ती, अर्शदीप सिंह, कुलदीय यादव, सन्जू सामसन, हर्षित राणा र रिङ्कू सिंह

रिजर्भ खेलाडीहरू– प्रसिद्ध कृष्णा, वाशिङ्गटन सुन्दर, रियान पराग, ध्रुव जुरेल र यशस्वी जैसवाल