काठमाडौं, ३ भदौ । राष्ट्रिय स्वातन्त्र पार्टीका सभापति रवी लामिछानेलाई भिटामिन ‘डि’ को कमी देखिएको छ ।
लामिछानेको रगत परीक्षणको रिपोर्टबारे डा.जितेन्द्र प्रसाद यादवले दिएको जानकारी अनुसार उनको शरीरमा भिटामिन ‘डि’ को कमी देखिएको हो ।
रूपन्देही कारागारमा १२६ दिनसम्मभित्र नै थुनेर राखेको, बाहिरी हावानपाएको र धेरै दिनसम्म शरीरले घाम नपाएको कारण यस्तो भएको यादवले बताए ।
केही कुरामा गम्भीर सावधानी अपनाउन आवश्यक रहेकाले डाक्टर यादवले लामिछानेलाई नख्खु कारागारमै पुगेर सुझाव पनि दिएका छन् ।








प्रतिक्रिया