३० असार २०८३, मंगलबार

नन्दनले ५ विकेट लिएको खेलमा‌ नेपालको जित

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ३ भदौं । नन्दन यादवले ५ विकेटनेपालले टप एन्ड टि–ट्वान्टी सिरिजमा नेपालले पहिलो जित निकालेको छ।

हाबार्ट हेरिकेन्सलाई आज ६६ रनले हराउँदै नेपालले सिरिजको आफ्नो चौथो खेलमा पहिलो जित हासिल गरेको हो। १ सय ८१ को लक्ष्य पछ्याएको हाबार्टले १६.१ मा सबै विकेट गुमाएर १ सय १४ रन बनाउन सक्यो।

नन्दनले ३ ओभर बलिङ गर्दै १७ रन दिएर ५ विकेट लिए । त्यस्तै कप्तान रोहित पौडेल, कुशल भुर्तेल, रिजन ढकाल र सन्दीप लामिछानेले समान विकेट लिए ।

होबार्टका लागि ब्राड होपले सर्वाधिक ३१ र चार्ली वाकिमले २८ रन जोडे। जेन कर्टेन २० रनमा नटआउट रहे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १सय८० रन बनाएको थियो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ३३ रन बनाए। आसिफ शेखले २९ र कुशल भुर्तेलले २७ रन बनाए । लोकेश बम ११ बलमा २५ रनमा अविजित रहे।

होबार्टका निभेथन राधाकृष्णनले २ विकेट, राफ माकमिलनले पनि २ विकेट लिँदा मार्कस बिन, गाब्रियल बेल र ब्राड होपले समान १ विकेट लिए ।

यसअघिका ३ वटै खेलमा पराजित भएको नेपालले पहिलो जित निकालेको हो । नेपालले पाँचौं खेल आइतवार मेलबर्न सँग खेल्नेछ।