२३ असार २०८३, मंगलबार

उपसभामुखलाई महाअभियोग लगाउन एमाले सांसदहरू धमाधम हस्ताक्षर गर्दै

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ भदौ । उपसभामुख इन्दिरा रानालाई महाअभियोग लगाउने प्रयास स्वरूप नेकपा (एमाले) का सांसदहरूले धमाधम हस्ताक्षर गरिरहेका छन् ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आकस्मिक रूपमा सांसदहरूलाई डाकेर हस्ताक्षर लिने काम भइरहेको हो ।

कांग्रेसले पनि आफ्ना सांसदहरूलाई आकस्मिक रूपमा १२ बजेभित्र सांसदहरू दलको कार्यालयमा उपस्थित हुने गरी बोलाइसकेको छ ।

उपसभामुख इन्दिरा रानाले आफूसहित पाँचजनालाई भिसाको अन्तर्वार्ताका लागि समय उपलब्ध गराउन लेखेको पत्रको विषयमा आफ्नो पदीय मर्यादा बिर्सेको भन्दै नैतिकतामाथि प्रश्न उठाउँदै महाअभियोगको प्रस्ताव लैजाने सत्ता गठबन्धनले तयारी गरेका हुन् ।