२५ असार २०८३, बिहिबार

मेलबर्न स्टार्सले नेपाललाई दियो १७६ रनको लक्ष्य

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ भदौ । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी–२० सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले बलियो लक्ष्य पाएको छ ।

मेलबर्न स्टार्स एकेडेमीले नेपाललाई १७६ रनको लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको मेलबर्नले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७५ रन बनायो ।

मेलबर्नका लागि ब्लेक म्याकडोनाल्डले सर्वाधिक ७४ रन बनाए भने थोमस रोजर्सले ६५ रनको योगदान दिए । यी दुईले दोस्रो विकेटका लागि १२० रनको महत्वपूर्ण साझेदारी गरे । कप्तान क्याम्पबेल केलावे पहिलो ओभरमै व्यक्तिगत २ रनमा आउट भएपनि ब्लेक र थोमसले टोलीलाई सम्हाले ।

नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए भने सोमपाल कामी र शाहब आलमले १/१ विकेट लिए ।

यस्तै, मेलबर्नका २ खेलाडी रनआउट भएका थिए ।

नेपाल यसअघि पहिलो खेलमा शुक्रबार एनटी स्ट्राइकसँग र दोस्रो खेलमा शनिबार बंगलादेश एसँग पराजित भएको थियो ।