७ असार २०८३, आइतबार

क्यानले सञ्जय गुरुङलाई अम्पायरिङ र क्रिकेट गतिविधिमा संलग्न हुन रोक लगायो

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाण्डौ, १ साउन । नेपाल क्रिकेट सङ्घ (क्यान) ले लुम्बिनी प्रदेश क्रिकेट सङ्घका पूर्वअध्यक्ष सञ्जय गुरुङलाई कुनै पनि क्रिकेट गतिविधिमा संलग्न हुन रोक लगाएको छ । क्यानका महाप्रबन्धक उत्सव ढुङ्गानाले विज्ञप्तिमार्फत यसबारेमा जानकारी गराएका छन् ।

गएको साउन १५ गतेको केन्द्रीय कार्यसमिति बैठकले गुरुङलाई अर्काे निर्णय नभएसम्मका लागि अम्पायरिङ लगायत कुनै पनि क्रिकेट गतिविधिमा संलग्न नगराउने निर्णय गरेको महाप्रबन्धक ढुङ्गानाले बताए ।

लुम्बिनी प्रदेश क्रिकेट सङ्घका पूर्वअध्यक्ष गुरुङले क्यानविरुद्ध मुद्दा दायर गर्नुका साथै क्यानका अध्यक्षविरुद्ध विभिन्न सञ्चारमाध्यममा नकारात्मक टिप्पणी एवम् मिथ्या आरोप लगाएको विज्ञप्तिमा उल्लेख छ ।