३१ जेष्ठ २०८३, आइतबार

साफ यु–१७ खेल्ने महिला टोलीको बिदाइ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १ भदौ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यु–१७ महिला च्याम्पियनसिपमा भाग लिन जाने नेपाली टोलीको आज बिदाइ गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एन्फा पदाधिकारीले नेपाली युवा टोलीको बिदाइ गरे । प्रतियोगिता अगस्ट २० देखि ३१ (भदौ ४ देखि १५ गते) सम्म भुटानमा हुनेछ ।

प्रतियोगितामा दक्षिण एसियाका चार राष्ट्र नेपाल, भुटान, बंगलादेश र भारतले उपाधिका लागि दाबेदारी प्रस्तुत गर्नेछन् ।

डबल राउन्ड रोबिन लिग प्रणालीमा हुने प्रतियोगितामा प्रत्येक टिमले एक अर्कासँग दुई खेल खेल्नेछन् । अंक तालिकाको शीर्षस्थानमा रहने टोलीले उपाधि जित्नेछ ।

नेपालले २० अगस्टमा दाबेदार भारतसँग पहिलो खेल खेल्नेछ । अगस्ट २२ मा आयोजक भुटान र अगस्ट २४ मा बंगलादेशसँग खेल्ने तालिका रहेको छ ।