२७ जेष्ठ २०८३, बुधबार

बायर्नले जित्यो जर्मन सुपरकप

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १ भदौ । च्याम्पियन बायर्न म्युनिखले जर्मन सुपरकप जितेको छ । शनिबार भएको खेलमा ह्यारी केन र नयाँ खेलाडी लुइस डियाजको गोलको मद्दतमा भिएफबी स्टुटगार्टलाई २–१ ले हराउँदै उपाधि हात पारेको हो ।

बायर्न पुरै खेलभर हाबी देखियो। गोलरक्षक तथा म्यान अफ द म्याच म्यानुअल न्युएर उत्कृष्ट फर्ममा थिए । उनले बुन्डेसलिगा सुरु हुनुभन्दा एक साताअघि टोलीलाई थप आत्मविश्वास दिलाएका छन् ।

‘म सधैं टिमको बारेमा सोच्छु र सम्भव भएसम्म राम्रो खेल्छु ताकि सफलता हासिल होस्,’ न्युएरले भने, ‘आज हामीले त्यो ग¥यौं। म्यान अफ द म्याच हुनु राम्रो हो तर अन्ततः यो टिमकै लागि हो ।’

बायर्नले प्रि–सिजनका सबै खेल जितेको थियो। न्युएरले यो लय बुन्डेसलिगामा पनि लैजाने लक्ष्य व्यक्त गरे । सबैको ध्यान स्टुटगार्टका स्ट्राइकर निक वोल्टेमाडतर्फ थियो । उनलाई बायर्नले अनुबन्ध गर्ने सम्भावना छ ।

तर, खेलको १८औं मिनेटमा लुका जाग्वेजको रक्षात्मक त्रुटीको फाइदा उठाउँदै गत सिजनको शीर्ष स्कोरर केनले बायर्नलाई अग्रता दिलाए । जर्मन कप विजेता स्टुटगार्टले चाँडै बराबरी खोज्ने प्रयास ग¥यो । वोल्टेमाडले नजिकैबाट प्रहार गरेको बल न्युएरले बचाए ।

३९ वर्षीय न्युएरले ७५औं मिनेटमा पनि निर्णायक भूमिका खेले । उनले डिफ्लेक्ट भएको प्रहारलाई उत्कृष्ट प्रतिक्रियामा बाहिर धकेले । त्यसपछि कोलम्बियाली डियाजले आफ्नो पहिलो प्रयासमै गोल गरे । उनले सर्ज ग्नाब्रीको क्रसलाई ७७औं मिनेटमा उनले हेडर गर्दै गोल गरे ।