
काठमाडौं, ३१ साउन । अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ ।
शनिबार भएको समूह चरणको आफ्नो दोस्रो खेलमा नेपाल बंगलादेशको ‘ए’सँग ३२ रनले पराजित भएको हो ।
बंगलादेश ‘ए’ले दिएको १ सय ८७ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५४ रन मात्र बनाउन सक्यो ।
यसअघि पहिलो खेलमा नेपाल नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो । समूह चरणको आफ्नो तेस्रो खेलमा नेपालले सोमबार एमएस एकेडेमीविरुद्ध खेल्नेछ ।









प्रतिक्रिया