२८ असार २०८३, आइतबार

बंगलादेश ‘ए’ले नेपाललाई दियो १८४ रनको लक्ष्य

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ साउन । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपालले बंगलादेश ‘ए’ विरुद्ध बलियो लक्ष्य पाएको छ ।

शनिबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेश ‘ए’ले २० ओभरमा ६ विकेट गुमाएर १८३ रन बनायो । नेपाललाई जितका लागि १८४ रनको चुनौती दिएको छ ।

बंगलादेशका लागि ओपनर जिशाद आलमले सर्वाधिक ७१ रन बनाए भने अफिफ होसेनले अविजित ४८ रनको योगदान दिए ।

नेपालका तर्फबाट रिजन ढकालले २ विकेट लिए । नन्दन यादव, करण केसी र सन्दीप लामिछानेले समान १–१ विकेट लिए ।

नेपालले यसअघि शुक्रबार भएको पहिलो खेलमा एनटी स्ट्राइकसँग पराजय व्यहोरेको थियो ।