२५ असार २०८३, बिहिबार

ट्रम्प र पुटिनबीचको वार्ता निष्कर्षविहीन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ३१ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच अमेरिकाको अलास्कामा भएको उच्चस्तरीय वार्ता निष्कर्षविहीन बनेको छ। एंकोरेज सहरमा तीन घण्टासम्म चलेको वार्ता युक्रेन युद्ध विराममा केन्द्रित भए पनि कुनै सहमति नजुटेको अधिकारीहरूले जनाएका छन् ।

वार्तापछि ट्रम्पले आफूहरु सम्झौतासम्म नपुगेको बताए। रुसी राष्ट्रपति पुटिनले पनि वार्ता सकारात्मक रहेको बताए पनि सम्झौतासम्म नपुगेको जानकारी दिए। उनले तत्काल स्थायी सहमतिको सम्भावना नरहेको बताए। शुरुमा दुई राष्ट्रपति बीच वार्ता भएको र त्यसपछि दुवै नेताले आफ्ना सहयोगी राखेर वार्ता गरेको जनाइएको छ ।

अमेरिकाबाट पूर्व विदेशमन्त्री मार्को रुबियो र विशेष दूत स्टीभ विटकॉफ सहभागी थिए भने रुसबाट विदेशमन्त्री सर्गेई लाभरोव र विदेश नीति सल्लाहकार यूरी उशाकोव सहभागी थिए। वार्तामा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की वा युक्रेनका कुनै प्रतिनिधिको उपस्थिति थिएन । वार्ताअघि जेलेन्स्कीले रूसबाट युद्ध अन्त्य गर्ने कुनै संकेत नआएको भन्दै आफू सहभागी नहुने वार्ता निष्कर्षमा पुग्न नसक्ने बताएका थिए।