२५ जेष्ठ २०८३, सोमबार

टप एण्ड टी–२० क्रिकेटको पहिलो खेलमा नेपाल नर्दन टेरिटोरीसँग पराजित

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० साउन । अस्ट्रेलियामा जारी टप एण्ड टी–२० क्रिकेटको आफ्नो पहिलो खेलमा नेपाल नर्दन टेरिटोरीसँग पराजित भएको छ ।

शुक्रबार मरारा क्रिकेट मैदानमा भएको खेलमा नेपाल नर्दन टेरिटोरीसँग ४२ रनले पराजित भएको हो । नेपालले नर्दनले दिएको १७८ रनको लक्ष्य निर्धारित ओभरमा ८ विकेट गुमाएर १३५ रन मात्रै बनाउन सफल भयो ।

नेपालका लागि कुशल मल्लले ३५, गुल्शन झाले २६, रोहित पौडेलले २३ रन र दीपेन्द्र सिंह ऐरीले १९ रन बनाए । यसअघि पहिला ब्याटिङ गरेको नर्दनले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १७७ रनको योगफल तयार पारेको थियो ।

नेपालका लागि सन्दीप लामिछानेले ३, सहाब आलमले २ तथा दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल र रुपेश सिंहले समान एक विकेट लिएका थिए । दोस्रो खेल नेपालले भोलि शनिबार बंगलादेश एसँग खेल्नेछ ।