
काठमाडौं, ३० साउन । अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी मेटलाइफले गत आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरण अनुसार समीक्षा वर्षमा मेटलाइफले ४९ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ ।
समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क १०.२ प्रतिशत, प्रथम वर्षको बीमाशुल्क १८.७५ तथा नवीकरण बीमाशुल्क ९.९५ ले वृद्धि भएको छ । कम्पनीले गत आर्थिक वर्षमा ६ अर्ब २५ करोड ८३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ५ अर्ब ४५ करोड ६४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
समीक्षा वर्षमा कम्पनीको महाविपत्ति कोषमा ५७ करोड ६८ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा २ अर्ब ६२ करोड २२ लाख रुपैयाँ र अन्य इक्विटीमा १ अर्ब १७ करोड ४१ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षमा महाविपत्ति कोषमा ५२ करोड ७६ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा २ अर्ब ५६ करोड ११ लाख रुपैयाँ र अन्य इक्विटीमा १ अर्ब ७ करोड ७३ लाख रुपैयाँ थियो ।
कम्पनीले गत वर्ष २ अर्ब ९५ करोड दाबी भुक्तानी गरेको छ ।









प्रतिक्रिया