२७ जेष्ठ २०८३, बुधबार

लाल किल्लाबाट मोदीले भने– अब हामी आणविक ब्ल्याकमेल सहन गर्दैनौँ

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० साउन । भारतले आज आफ्नो ७९औं स्वतन्त्रता दिवस मनाइरहेको छ ।

स्वतन्त्रता दिवसको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लाल किल्लाबाट राष्ट्रलाई सम्बोधन गरिरहेका छन् । उनले आफ्नो सम्बोधनमा देशले धेरै दशकदेखि आतंकवादको सामना गरिरहेको उल्लेख गरे । उनले आणविक ब्ल्याकमेल लामो समयदेखि चलेको भन्दै उनले अब आफूहरु ब्ल्याकमेल सहन नसक्ने बताए ।

‘हाम्रो देशले धेरै दशकदेखि आतंकवादको सामना गरिरहेको छ । देशको छाती छेडिएको छ । हामीले नयाँ सामान्यता स्थापित गरेका छौँ । हामी आतंकवादी र तिनीहरूलाई समर्थन गर्नेहरूलाई फरक मान्ने छैनौँ ।’ मोदीले भने, ‘भारतले आणविक धम्की सहन नसक्ने निर्णय गरेको छ । आणविक ब्ल्याकमेल लामो समयदेखि चलिरहेको छ । अब हामी ब्ल्याकमेल सहन सक्दैनौँ । यदि शत्रुहरूले भविष्यमा पनि यो प्रयास जारी राखे भने सेनाले निर्णय गर्नेछ ।’ उनले आतंकवादविरुद्ध भारतले उचित जवाफ दिनेछ भने ।