१५ असार २०८३, सोमबार

काश्मीरमा आएको बाढीमा परेर हालसम्म ३७ जनाको मृत्यु

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ साउन । भारतको काश्मीर क्षेत्रमा आएको भीषण वर्षापछि बाढीले ठुलो जनधनको क्षति पु¥याएको छ ।

स्थानीय प्रशासनका अनुसार, किष्टवार जिल्लामा बिहीबार बिहान एकाएक बादल फाटेर आएको बाढीमा परेर हालसम्म ३७ जनाको मृत्यु भएको छ भने कयौं हराइरहेका छन् ।

अहिलेसम्म १५० जनाको उद्वार गरिएकोमा ५० जनाको अवस्था गम्भीर छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पीडितप्रति समवेदना व्यक्त गर्दै संकटको घडीमा पीडितहरूलाई सबै प्रकारको सहयोग प्रदान गरिने बताएका छन् ।

यो विपत्ति परेको चिसोटी गाउँ माछैल माता मन्दिरको तीर्थयात्रा मार्गमा पर्छ । अधिकारीहरूका अनुसार १०० भन्दा बढी तीर्थयात्री रहेका ठूलो अस्थायी भान्सा पूर्ण रूपमा बगाइएको छ ।