३ असार २०८३, बुधबार

नेपाल बैंकको नाफा ३ अर्ब ७७ करोड रुपैयाँ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ साउन । गत आर्थिक वर्ष २०८१/८२ मा नेपाल बैंक लिमिटेडले ३ अर्ब ७७ करोड ३० लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा ३२.६५ प्रतिशतले बढी हो । बैंकले अघिल्लो आवमा २ अर्ब ८४ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

असार मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी १६.८२ प्रतिशत बढेर १० अर्ब ८ करोड ७१ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै, कुल सञ्चालन आम्दानी १५.६५ प्रतिशत बढेर ११ अर्ब ९४ करोड ३९ लाख र सञ्चालन नाफा ६९२ प्रतिशत बढेर ५ अर्ब ४१ करोड लाख ८६ हजार रुपैयाँ कायम भएको छ ।

गत वर्ष बैंकको वितरणयोग्य नाफा ४४ करोड ९० लाख ८९ हजार रुपैयाँले ऋणात्मक छ । यसको अर्थ बैंक लाभांश गर्ने अवस्थामा छैन । अघिल्लो वर्ष पनि बैंकको वितरणयोग्य नाफा ९६ करोड ५० लाख ७४ हजार रुपैयाँ ऋणात्मक नै थियो ।

त्यसैगरी, बैंकको खराब कर्जा पनि ४.३३ प्रतिशतबाट बढेर ४.४७ प्रतिशत पुगेको छ । बैंकको नाफासँगै प्रतिसेयर आम्दानी भने ०.१९ रुपैयाँबाट २५.६८ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ २५९.८१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ११.३५ गुणा छ । असार मसान्तसम्म बैंकको चुक्ता पुँजी १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ छ ।