२८ जेष्ठ २०८३, बिहिबार

लक्ष्मी सनराइज बैंकको नाफा ४०.९६ प्रतिशतले बढ्यो

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ साउन । लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ मा ४ अर्ब ११ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा ४०.९६ प्रतिशतले बढी हो । अघिल्लो आवमा बैंकले २ अर्ब ९२ करोड नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद फी तथा कमिशन आम्दानी १०.०५ प्रतिशतले बढेर २ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । साथै, बैंकको सञ्चालन मुनाफा ३८.५५ प्रतिशतले बढेर ६ अर्ब ९ करोड रुपैयाँ पुगेको छ ।

त्यस्तै, खुद ब्याज आम्दानी ७.९९ प्रतिशतले घटेर ११ अर्ब ३७ करोड ६३ लाख रुपैयाँ पुगेको छ । कुल सञ्चालन आम्दानी १४ अर्ब ९१ करोडबाट घटेर १४ अर्ब ६८ करोड ४६ लाख रुपैयाँ पुगेको छ ।

बैंकको प्रतिसेयर आम्दानी १६.९१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १८६.६३ रुपैयाँ र मूल्य आम्दानी अनुपात १४.१२ गुणा रहेको छ ।

२४ अर्ब ३४ करोड रुपैयाँ चुक्ता पुँजीसहित बैंकको जगेडा कोषमा २१ अर्ब ९ करोड रुपैयाँ सञ्चित छ । यस अवधिमा बैंकले निक्षेप संकलन ३ खर्ब ६७ अर्ब रुपैयाँ र कर्जा लगानी २ खर्ब ७५ अर्ब रुपैयाँ गरेको छ ।