२३ असार २०८३, मंगलबार

भेटायोद्वारा काठमाडौं उपत्यकामा प्रोफेशनल एसी सर्भिसिङ सेवा सुरु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ साउन । नेपालको अग्रणी अन–डिमाण्ड सर्भिस प्लेटफर्म भेटायोले काठमाडौं उपत्यकाका घर तथा अफिस प्रयोगकर्ताहरूका लागि प्रोफेशनल एसी सर्भिसिङ सेवा सुरु गरेको घोषणा गरेको छ । यो सेवा मात्र १००० रुपैयाँबाट सुरु हुन्छ र मोबाइल एप वा फोन कलमार्फत सजिलै बुक गर्न सकिने कम्पनीले बताएको छ ।

उच्च गर्मीको समयमा एसीले राम्रोसँग काम नगर्नु, हावा चिसो नआउनु, आवाज आउनु, वा अत्यधिक बिजुली खपत हुनुजस्ता समस्याहरू आम देखिन्छन् । यस्ता समस्या समाधान गर्न वा रोकथाम गर्नका लागि प्रत्येक ६ महिनामा वा वर्षमा एक पटक एसीको सर्भिसिङ अनिवार्य हुन्छ । “गर्मी मौसममा एसी बिग्रनु भनेको असहज स्थिति झेल्नु हो । नियमित सर्भिसिङले मात्र एसीलाई राम्रो स्थितिमा राख्न, आयु बढाउन र चिसो तथा सफा हावा प्राप्त गर्न सकिन्छ । हाम्रो सेवाहरु छिटो र भरपर्दो तरिकाले अनुभवी र दक्ष प्राविधिकहरुमार्फत उपलब्ध छन् ।” कम्पनीले भनेको छ ।

कम्पनीका अनुसार एसी सर्भिसिङ सेवाको मुख्य विशेषताहरूः

–धुलो र फोहोर हटाउन इनडोर र आउटडोर युनिटको डीप क्लिनिङ
–फिल्टर सफा गर्ने वा आवश्यक परेमा प्रतिस्थापन गर्ने
–मुभिङ पार्टहरूमा ग्रीस लगाउने, इलेक्ट्रिकल कनेक्शनहरू कस्ने
–सम्पूर्ण प्रणाली परीक्षण गरेर उच्च कार्यक्षमता सुनिश्चित गर्ने

कम्पनीका अनुसार ग्राहकहरूले आफ्नो सुविधाअनुसार सेवा बुक गर्न भेटायो एप (एन्ड्रोइड वा आईओएस) डाउनलोड गर्न सक्नेछन् । बुकिङ गर्दा इच्छाएको मिति र समय छान्न सकिने सुविधा हुनेछ, र प्रशिक्षित, अनुभवी र दक्ष प्राविधिकहरु तोकिएको समयमा सेवाका लागि घरमै पुग्नेछन् ।