१४ असार २०८३, आइतबार

जसपा र राष्ट्रिय मुक्ति पार्टीबीच कार्यगत एकता

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २९ साउन । जनता समाजवादी पार्टी र राष्ट्रिय मुक्ति पार्टी, नेपालबीच कार्यगत एकता भएको छ । यी दुई दलले यो एकतालाई एकता उन्मुख कार्यगत एकता रहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच जसपा अध्यक्ष अशोक राई र राष्ट्रिय मुक्ति पार्टी, नेपालका अध्यक्ष राजेन्द्र महतोले एकता घोषणा गरे ।

उनीहरूले कार्यगत एकताको घोषणामा हस्ताक्षर पनि गरेका छन् । राई उपेन्द्र यादव नेतृत्वको जसपाबाट अलग भएका थिए । त्यस्तै, महतो लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट अलग भएका थिए ।

कार्यगत एकता घोषणापत्रमा संगठनात्मक संरचना, सञ्चालन विधि, उद्देश्य तथा प्रतिबद्धताहरू, आचारसंहिता लगायतका विषय उल्लेख गरिएको छ ।

जसमा केन्द्रीय तहमा संयोजन समिति रहनेछ । उक्त समितिमा पार्टीका अध्यक्षसहित प्रत्येक पार्टीहरूबाट ७/७ जना सदस्य रहने बताइएको छ ।

समितिमा कम्तिमा २ जना महिला अनिवार्य गरिएको छ । प्रादेशिक र स्थानीय तहमा पनि संयोजन समिति रहने जनाइएको छ । प्रदेशमा ५/५ सदस्यीय र स्थानीय तहमा ३/३ सदस्य रहने समिति बन्ने संगठनात्मक संरचनामा उल्लेख छ । कार्यगत एकतामा संलग्न दलहरूले बैठकको अध्यक्षता पालैपालो गर्ने पनि घोषणापत्रमा उल्लेख छ ।